मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस सभापति गगन र नेता शेखरबीच भेटवार्ता, के भयो कुराकानी?

कांग्रेस सभापति गगन र नेता शेखरबीच भेटवार्ता, के भयो कुराकानी?

images
२०८३ भाद्र २१ गते, आइतवार
२०८३ भाद्र २१ गते, आइतवार
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबिच आज भेटवार्ता भएको छ। 

    images

    भेटका क्रममा नेताद्वयबिच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको डा. कोइरालाको सचिवालयले जनाएको छ।

    images

    भेटका क्रममा नेता डा. कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारेको बताइएको छ। जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएको भनिएको छ।

    सभापति थापा र नेता डा. कोइरालाबिच यही भदौ १० गते बुधबारका दिन नेपाल-चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend