मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नियमित औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमै औषधि

नियमित औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमै औषधि

images
२०८३ भाद्र २१ गते, आइतवार
२०८३ भाद्र २१ गते, आइतवार
  • नुवाकोट। भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

    images

    २०८३ भदौ २० गते सञ्चालन गरिएको शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन्। सेवा लिनेमा १०१ जना ज्येष्ठ नागरिक थिए।, जसमा ४८ महिला र ५३ पुरुष छन्।

    images

    बाढीका कारण प्रभावित ज्येष्ठ नागरिकको सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगको नियमित औषधि बगाएपछि शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श र आवश्यक औषधिसम्बन्धी सेवा उपलब्ध गराइएको हो।

    शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञ, अर्थोपेडिक्स, मुटु रोग, दन्त तथा अर्थोपेडिकसम्बन्धी सेवा प्रदान गरिएको थियो। बाढीपछि मानसिक तनावमा रहेका प्रभावित परिवारलाई लक्षित गरी २५ जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श समेत दिइएको छ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई समेत आवश्यक केही महत्त्वपूर्ण औषधि उपलब्ध गराइएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend