मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भोटेकोसी बाढी : टिचिङ अस्पतालमा उपचाररत ४८ घाइते ‘डिस्चार्ज´

भोटेकोसी बाढी : टिचिङ अस्पतालमा उपचाररत ४८ घाइते ‘डिस्चार्ज´

images
२०८३ भाद्र १९ गते, शुक्रवार
२०८३ भाद्र १९ गते, शुक्रवार
  • काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ४८ जना ‘डिस्चार्ज’ भएका छन्।

    images

    अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँका अनुसार अस्पतालमा ७४ घाइतेलाई उपचारका लागि ल्याइएको थियो। त्यसमध्ये ४८ जना उपचारपछि ‘डिस्चार्ज’ भएको उनले जानकारी दिए। सो अस्पतालमा हाल २५ जनाको उपचार जारी छ।

    images

    उपचार भएकामध्ये दुई जनाको आइसियु र दुई जनाको हाई केयरमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईँले बताए।

    अस्पतालमा ल्याएका एक घाइतेको भने उपचारका क्रममा मृत्यु भएको थियो। मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेको अस्पताले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend