मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्थानीय तह उपनिर्वाचन : आजदेखि मौन अवधि

स्थानीय तह उपनिर्वाचन : आजदेखि मौन अवधि

images
२०८१ मंसिर १३ गते, बिहिवार
२०८१ मंसिर १३ गते, बिहिवार
  • काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनका लागि आजरदेखि मौन अवधि शुरु हुँदैछ।

    images

    निर्वाचन आयोगले बुधबार राती १२ बजेपछिदेखि मौन अवधि शुरु हुने बताएको हो। निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गरेको छ।

    images

    मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्न पाइने छैन।

    आगामी आइतबार ३३ जिल्लाका ४१ पदका लागि मतदान हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो।

    निर्वाछ आयोगले मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको जनाएको छ। य्स्तै निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाताले भाग लिने आयोगले भनेको छ। जसमा पुरुष मतदाता १ लाख १४ हजार ९००, महिला मतदाता १ लाख ११ हजार ८९६ र अन्य मतदाता ३ छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend