मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट १० दिनमा जीवितै उद्धार भएका ब्यक्ति को हुन्?

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट १० दिनमा जीवितै उद्धार भएका ब्यक्ति को हुन्?

images
२०८३ भाद्र १९ गते, शुक्रवार
२०८३ भाद्र १९ गते, शुक्रवार
  • काठमाडौँ। रसुवाको भोटेकोशीमा बाढी आएको १० औं दिनमा त्रिशूली–३ ‘ए’ जल विद्युत आयोजनाको सुरुङभित्रबाट एक जनाको जिवितै उद्धार गरिएको छ।

    images

    आज बिहानै सुरुङ भित्र मानिसको आवाज सुनिएको थियो। सोक्रममा उद्धारमा रहेको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले भित्रबाट मानिसको आवाज आएको बताएका थिए। उनीहरूले उद्धार गर्दछौं भन्ने जवाफ दिएका थिए। 

    images

    त्रिशूली ३ `ए´ सुरुङ भित्रबाट जिवितै उद्धार गरिएका ब्यक्ति सञ्जय शाह भएको खुलेको छ। उनी नेपाल विद्युत प्राधिकरण (NEA) का मेकानिकल फोरम्यान भएको बताइएको छ। उनले आफ्नो गृह जिल्ला सप्तरी भएको बताएका छन्।

    उक्त सुरुङमा अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ। अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend