मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँको पेप्सीकोलाको भीषण आगलागी, ६ घर टहरा जले

काठमाडौँको पेप्सीकोलाको भीषण आगलागी, ६ घर टहरा जले

images
२०८३ भाद्र १९ गते, शुक्रवार
२०८३ भाद्र १९ गते, शुक्रवार
  • काठमाडौँ। काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला प्लानिङमा आगलागी भएको छ। फुटबल मैदान नजिकै भीषण आगलागी भएको हो।

    images

    बिहीबार राति करिब साँढे १२ बजे भएको आगलागी शुक्रबार बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगर प्रहरी बलका कर्मचारीहरु खटिएका थिए।

    images

    आगलागीबाट १० वटा पसल तथा ३ वटा पक्की घरमा क्षति पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

    यस्तै ६ वटा भन्दा बढी  घर–टहरा पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीका क्रममा घरभित्र रहेका ४ वटा ग्यास सिलिन्डर पड्किंदा आगो झनै फैलिएको थियो। आगलागी एक कटेजबाट सुरु भएको बताइन्छ।

    आगलागी नियन्त्रणमा लिन महानगरका तीनवटै युनिटका ३ वटा दमकल, नेपाली सेनाका दमकल, छिमेकी पालिकाका दमकल, ठूलो संख्यामा अग्नि नियन्त्रक तथा पानी ट्याङ्करसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो। घटनामा कुनै मानवीय क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend