मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`गर्भवती नाङ्लो पोषण´ कार्यक्रम : हरेक बार खाना चार

`गर्भवती नाङ्लो पोषण´ कार्यक्रम : हरेक बार खाना चार

images
२०८१ मंसिर १३ गते, बिहिवार
२०८१ मंसिर १३ गते, बिहिवार
  • रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन्।

    images

    सो वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी यो कार्यक्रम सुरु गरेको हो। गर्भवती महिलाको पोषण सुरक्षाका लागि यो कार्यक्रम सुरु गरिएको जनाइएको छ।

    images

    स्थानीय ईश्वर स्वास्थ्य आमा समूह सुनुवार खोकले, लालुपाते स्वास्थ्य आमा समूह कुतुर्षा, देवी स्वास्थ्य आमा समूह कम्राती, जनज्योती स्वास्थ्य आमा समूह सित्खाटार, जनचेतना स्वास्थ्य आमा समूह, जनसेवा स्वास्थ्य आमा समूह सित्खा र बगैँचा सेतीदेवी स्वास्थ्य आमा समूहलगायतले यस्तो कार्यक्रम सञ्चालन गरिरहेका भिरपानी स्वास्थ्य चौकी आँपचौरका स्वास्थ्यकर्मी नारायणकृष्ण श्रेष्ठले जानकारी दिए।

    हालसम्म यी समूहले २४ जनाभन्दा बढीलाई पोषण सामग्री हस्तान्तरण गरिसकेका छन्। ‘हरेक बार खाना चार’ भन्ने मूल नाराका साथ सुत्केरी तथा गर्भवती महिलालाई उक्त कार्यक्रममार्फत नीजि खर्चमा पोषण समग्री हस्तान्तरण गर्दै आइएको ईश्वर स्वास्थ्य आमा समूहकी सचिब एवंं महिला स्वास्थ्य स्वयमसेविका तेजकुमारी सुनुवारले जानकारी दिइन्। यो अभियान निरन्तर चलाउने योजना रहेको पनि उनले बताइन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend