मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्री मेहता नुवाकोटका बाढी प्रभावित भेट्न पुगिन, घाइतेसँग संवाद

स्वास्थ्य मन्त्री मेहता नुवाकोटका बाढी प्रभावित भेट्न पुगिन, घाइतेसँग संवाद

images
२०८३ भाद्र १७ गते, बुधवार
२०८३ भाद्र १७ गते, बुधवार
  • काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता नुवाकोट पुगेकी छिन्।

    images

    बुधबार उनी मन्त्रालयका सचिव डा. विकास देवकोटासहित सचिवालयका कर्मचारी लिएर नुवाकोटका बाढी प्रभावित तथा घाइतेहरूसँग भेटघाट गर्न गएकी हुन्।

    images

    उनले अनुगमनका क्रममा विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढीबाट प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट तल्लो पिपलटार तथा चन्द्रज्योति माध्यमिक विद्यालय लगायतका सेल्टर पुगेर पिडितहरुसँग भेटघाट गर्दै अवस्थाको जानकारी लिइन्।

    सो क्रममा उनले प्रभावित तथा पीडित नागरिकको स्वास्थ्य अवस्था बारेमा प्रत्यक्ष भेटघाट गरी जानकारी लिनुका साथै घाइते, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग समेत पछिल्लो अवस्था र आवश्यकता बारे जानकारी लिएको उनको सचिवालय बताउँछ।

    यस क्रममा प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने, औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्ने, स्वास्थ्यकर्मी परिचालन गर्ने तथा विपद्पछिको सम्भावित सरुवा रोग र अन्य स्वास्थ्य जोखिम न्यूनीकरणका लागि आवश्यक काम भइरहेको उनले बताएकी थिइन्।

    मन्त्री मेहताको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा मनोपरामर्शदातामार्फत प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थालाई समेत सम्बोधन गर्दै हरेक सेल्टरमा आवश्यक काउन्सिलिङ र उपचार समेत भइरहेको छ।

    विपद्को परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक स्रोत, जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend