मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भोटेकोसी बाढी : ११ सय २७ शव फेला

भोटेकोसी बाढी : ११ सय २७ शव फेला

images
२०८३ भाद्र १७ गते, बुधवार
२०८३ भाद्र १७ गते, बुधवार
  • काठमाडौँ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार १२७ पुगेको छ। यो संख्या बुधबार बिहान ५ बजेसम्मको हो।

    images

    नेपाल प्रहरीका अनुसार बुधबार विहानसम्म १ हजार १२७ जनाको शव फेला परेको हो। फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा नौ जना रहेको तथ्यांक छ।

    images

    फेला परेका शवमध्ये एक हजार ११३ वटाको लाशजाँच मुचुल्का सम्पन्न भइसकेको छ। यस्तै ९५ वटा शव पहिचानपछि आफन्तलाई हस्तान्तरण गरिएको छ।

    यस्तै, पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। सोही विवरणलाई समेत आफन्तले हेर्न सक्ने प्रहरीले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार नौ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

    बाढी प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको छ भने बेपत्ता भएका ४ हजार ८५८ जनाको खोजी कार्य भइरहेको छ।

    बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै विभिन्न निकाय तथा स्थानीयवासीको समन्वय र सहयोगमा उद्धार एवं खोजी कार्य जारी छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend