मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जनकपुरदेखि अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयास हुँदै

जनकपुरदेखि अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयास हुँदै

images
२०८१ मंसिर १२ गते, बुधवार
२०८१ मंसिर १२ गते, बुधवार
  • काठमाडौं। संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाटसमेत जोड्ने  प्रयास भैरहेको बताएका छन।

    images

    बुधबार त्रिभुवन विश्विद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाईसेवाका माध्यमबाटसमेत अघि बढाउनु पर्ने बताए।त्यसकालागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेले जानकारी दिए।

    images

    मन्त्री पाण्डेले अहिलेको अबस्थामा रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको बताउदै बिश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए।

    दुई दिन सम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिने छ। संगोष्ठिमा सामेल हुन आएका विभिन्न देश प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधता पुर्ण संस्कृतिलाई विश्वमा पुर्याउनु सहयोग गर्न समेत आग्रह गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend