मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार सुरु

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार सुरु

images
२०८१ मंसिर ११ गते, मंगलवार
२०८१ मंसिर ११ गते, मंगलवार
  • चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचारको सुरुआत गरेको छ। अस्पतालले विगतमा शय्या, खाना, रेडियोथेरापी निःशुल्क गर्दै आएको थियो। अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो।

    images

    अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार, डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट केमोसहितका बाल क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क आउँदै छ। ती औषधि नआउँदासम्म अस्पतालले नै उपलब्ध गराउँदै आएको छ। उनले भने, `मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधि समेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ।´

    images

    अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार, यो अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्छ। उनले भने, `धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो।´

    पछि सोधभर्ना हुने गरी हाल अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा. नेपालको भनाइ छ।

    अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले सुरुकै अवस्थामा क्यान्सर पत्ता लागे निको बनाउन सकिने बताए। नेपालमा बर्सेनि एक हजार ५०० हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान छ। तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उनले जानकारी दिए।

    उनले भने, `कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन्। कतिपय विदेशमा गएर उपचार गराएका छन्। तर, ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँचबाहिर रहेको अनुमान गरिएको छ।´

    बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँचबाहिर रहेका बालबालिका पनि अस्पताल उनले विश्वास व्यक्त गरे।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend