काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएकोहरूको शव पहिचान गर्न सहज होस् भनेर प्रहरीले क्युआर सार्वजनिक गरेको छ।
रसुवा बाढीमा परेर ज्यान गुमाएका तर शवको पहिचान हुन नसकेकाहरुको शवको तस्वीर प्रहरीले सो क्युआरमा राखेको छ। प्रहरीले घटनामा परेका तर सनाखत हुननसकेकाहरुको सूची तयार पारिरहेको छ।
प्रहरीले शव चिन्न सहज होस् भनेर अनुहार तथा हुलिया देखाएर तस्वीर समेत सूचीमा राखेको जनाएको छ। क्युआर स्क्यान गरी उक्त सूची हेर्न सकिने प्रहरीको भनाइ छ।
प्रहरीले आफ्नो फेसबुक पेजमा सो क्युआर सार्वजनिक गरेको छ। क्युआरमा स्क्यान गरेपछि पहिचान नभएका शवहरुको सूचीमा पुगेर हेर्न सकिन्छ।



