मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर फर्किए प्रधानमन्त्री, भौतिक अवस्था र क्षतिको अवलोकन

नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर फर्किए प्रधानमन्त्री, भौतिक अवस्था र क्षतिको अवलोकन

images
२०८३ भाद्र ११ गते, बिहिवार
२०८३ भाद्र ११ गते, बिहिवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

    images

    बिहीबार सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट पुगेका प्रधानमन्त्री शाहले प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको प्रत्येक्ष अवलोकन गरेका हुन्।

    images

    ​हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाहले उद्धार र राहत कार्य प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका थिए।

    प्रधानमन्त्री शाहले बाढीलगत्तै उच्चस्तरीय बैठक आह्वान गरी उद्धार र उपचारका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशनसमेत दिएका थिए। उनी आज नुवाकोटको विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिन गएका हुन्।

    ​भ्रमणका क्रममा प्रधानमन्त्री र मन्त्रीसहितको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो।

    सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन्।

    स्थलगत निरीक्षण र आवश्यक निर्देशन पश्चात् प्रधानमन्त्रीको टोली आजै काठमाडौँ फर्किएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend