मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाललाई हस्तान्तरण

भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाललाई हस्तान्तरण

images
२०८३ भाद्र ११ गते, बिहिवार
२०८३ भाद्र ११ गते, बिहिवार
  • काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ।

    images

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई उक्त राहत सामग्री हस्तान्तरण गरे।

    images

    यसअघि भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी गराएका थिए।

    विदेशमन्त्री जयशङ्करले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बतएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend