मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भोटेकोशी बाढीबाट प्रभावितलाई केएमसी दुवाकोटमा उपचार निःशुल्क

भोटेकोशी बाढीबाट प्रभावितलाई केएमसी दुवाकोटमा उपचार निःशुल्क

images
२०८३ भाद्र ११ गते, बिहिवार
२०८३ भाद्र ११ गते, बिहिवार
  • काठमाडौँ। भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते नागरिकको काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ।

    images

    काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीमा परी घाइते भएका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो।

    images

    यस्तो विषम परिस्थितिमा घाइतेको उपचारमा सहयोग पुर्याउने उद्देश्यले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा आवश्यक उपचार व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

    केएमसीले विभिन्न परिस्थितिमा अशक्त तथा घाइते बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ। आर्थिक अभाव वा विपद्का कारण उपचारमा समस्या परेका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले अस्पतालले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक कार्य गर्दै आएको छ।

    बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उपचार आवश्यक पर्ने घाइतेको संख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै केएमसी दुवाकोटले अस्पतालमा उपचारका लागि आउने बाढीपीडित घाइतेलाई सहज रूपमा सेवा उपलब्ध गराउने व्यवस्था गरेको हो।

    अस्पतालले बाढी प्रभावित बिरामीलाई उपचारका लागि केएमसी दुवाकोट, भक्तपुरमा ल्याउन आग्रह गरेको छ। साथै, घाइते बिरामीलाई अस्पतालसम्म पुर्याउन सचेत नागरिक, संघसंस्था तथा सहयोगी महानुभावहरूलाई सहजीकरण गरिदिन अनुरोधसमेत गरेको छ।

    अस्पतालका अनुसार बाढी प्रभावित घाइतेको उपचारमा औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ। यसले विपद्का कारण घाइते भएका नागरिकलाई तत्काल आवश्यक स्वास्थ्य उपचार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा अस्पतालको छ।

    केएमसीका प्रशासन प्रमुख नारायण प्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा बाढीबाट प्रभावित बिरामीलाई उपचारका लागि दुवाकोट अस्पतालमा ल्याई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरिएको छ

    काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनील शर्माद्वारा सञ्चालित अस्पताल हो। शर्मा प्रतिनिधिसभामा सांसद रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्।

    उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्। गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर निःशुल्क स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणलगायतका कार्य उनका पहिचान बनेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend