मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रसुवा बाढी अपडेट : राति ११ बजेसम्म १५७ जनाको शव फेला

रसुवा बाढी अपडेट : राति ११ बजेसम्म १५७ जनाको शव फेला

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। बुधबार बिहानै चीन तर्फबाट रसुवा हुँदै आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १५७ पुगेको छ। यो विवरण बुधबार राति ११ :०५ बजेसम्मको हो।

    images

    प्रहरी प्रधान कार्यालयले बुधबार राति ११ः०५ बजे सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म १५७ वटा शव फेला परेका छन्।

    images

    प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

    बाढीमा परेकाहरूको खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। सरकारले खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend