मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबी लामिछानेको बयान आजबाट काठमाडौंमा, पोखराबाट ल्याइदै

रबी लामिछानेको बयान आजबाट काठमाडौंमा, पोखराबाट ल्याइदै

images
२०८१ मंसिर ११ गते, मंगलवार
२०८१ मंसिर ११ गते, मंगलवार
  • काठमाडौं। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रबी लामिछानेलाई प्रहरीले आज काठमाडौं ल्याउने तयारी गरेको छ।

    images

    लामिछानेलाई कास्कीको पोखराबाट अहिले बिहान साढें ८ बजे काठमाडौं ल्याउन लागिएको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए।

    images

    उनीमाथी प्रहरीले सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

    सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा उनी गत कात्तिक २ गते काठमाडौबाट पक्राउ परेका थिए। त्यसय्ता उनी कास्की प्र्हरीको हिरासतमा छन।

    उनलाई आज काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याउन लागिएको हो। उनी विरुद्ध काठमाडौ जिल्ला अदालतलेसमेत यसअघि नै पक्राउ पुर्जी जारी गरिस्केको छ। 

    लामिछानेलाई पछिल्लोपटक मंसिर ९ गते जिल्ला अदालत कास्कीले १५ दिन म्याद थप गर्दै हिरासतमै राह्न अनुमति दिएको थियो।

    लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन्। उनीहरु पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

    चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप उनीहरुमाथि छ। जिल्ला अदालत चितवनले मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

    लामिछानेसहितलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेरसमेत प्रहरीले बयान गराइसकेको छ।

    गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका लामिछानेले सहकारी संस्थालाई ब्याजस्वरुप चेक काटेर रकम दिएको फेला परेको प्रहरी स्रोतको दाबी छ।

    उनले भने हस्ताक्षरसहितको चेक आफूले टेबुलको घर्रामा राख्ने गरेको र कसैले त्यसको दुरुपयोग गरेको हुनसक्ने जिकिर गरेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend