मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रसुवा बाढी अपडेट : १२ वटा हेलिकप्टर परिचालन, १२ जनाको उद्धार

रसुवा बाढी अपडेट : १२ वटा हेलिकप्टर परिचालन, १२ जनाको उद्धार

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। रसुवामा चीनतर्फबाट आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरि हालसम्म १२ वटा हेलिकप्टर परिचालन गरिएको छ।

    images

    सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सेनाका ४ र निजी क्षेत्रका ८ वटा गरि १२ वटा हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ।

    images

    यसैक्रममा नेपाली सेनाको हेलिकोप्टरमार्फत स्याप्रुबेसीबाट-६, मैलुङबाट-२ र धुन्चेबाट-४ गरी हालसम्म जम्मा १२ जना जनालाई उद्धार गरिएको छ।

    प्रभावित स्थानमा नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend