मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रेडक्रसले प्रभावित क्षेत्रमा पठायो एक सय परिवारलाई पुग्ने गैह्र खाद्य सामग्री

रेडक्रसले प्रभावित क्षेत्रमा पठायो एक सय परिवारलाई पुग्ने गैह्र खाद्य सामग्री

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले रसुवामा आज बिहान गएको बाढीको प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा एक सय परिवारलाई पुग्ने गैह्र खाद्य सामग्री पठाएको छ।

    images

    नेपाल रेडक्रस सोसाइटीको आपत्कालिन प्रतिकार्य समितिको बुधबार बसेको बैठकले प्रभावित क्षेत्रमा तत्कालै खोज तथा उद्धार र राहत सहयोगका लागि जिल्ला शाखाहरूमार्फत् स्वयंसेवक परिचालन गर्ने निर्णय समेत गरेको थियो।

    images

    बैठकपछि रेडक्रसले केन्द्रीय कार्यालयबाट तत्कालका लागि एक सय परिवारलाई पुग्ने गरी गैह्र खाद्य राहत सामग्री पठाइएको जनाएको छ।

    प्रभावित क्षेत्रमा वेपत्ता भएका व्यक्तिहरूको खोजीका लागि नेपाल रेडक्रस सोसाइटीको पारिवारिक सम्पर्क पुर्नस्थापना सेवालाई पनि सक्रिय बनाइएको जनाएछ।

    यस दुःखद क्षतिको अवस्थामा नेपाल रेडक्रस सोसाइटीले प्रभावित क्षेत्रमा सहयोगका लागि आफ्नो मातहतका सबै संरचना र साझेदार सोसाइटीहरूमा अनुरोध पनि गरेको छ। साथै आपत्कालीन अवस्थाका बारेमा थप केही भएमा नेपाल रेडक्रस सोसाइटीको निःशुल्क हटलाइन ११३० मा सम्पर्क राख्नुहुन पनि अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend