मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रसुवा बाढी : काठमाडौँ ल्याउनु पर्ने घाइतेका लागि बेड तयार गरिंदै

रसुवा बाढी : काठमाडौँ ल्याउनु पर्ने घाइतेका लागि बेड तयार गरिंदै

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) लाई सक्रिय बनाएको छ।

    images

    आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंका संघीय अस्पताल तथा रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय भइरहेको मन्त्रालयले सूचना जारी गर्दै भनेको छ।

    images

    मन्त्रालयले काठमाडौंका अस्पतालहरूमा उपलब्ध तथा खाली बेडको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको जनाएको छ।

    मन्त्रालयले काठमाडौंको वीर अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र प्रहरी अस्पतालाई तयारी अवस्थामा राखेको छ।

    यी अस्पतालमा एक सयभन्दा बढी शय्या तयारी अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    स्वास्थ्यमन्त्री निशा मेहताले चिकित्सक र शय्या तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएकी हुन्। 

    साथै,एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य सेवाका साधनहरूलाई स्ट्यान्डबाइमा राखिएको छ।

    मन्त्रालयले आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग,जानकारी तथा समन्वयका लागि मन्त्रालयको हेल्पलाइन १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend