मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस सभापति थापाद्वारा उद्धार र राहतमा जुट्न कांग्रेस पंक्तिलाई निर्देशन

कांग्रेस सभापति थापाद्वारा उद्धार र राहतमा जुट्न कांग्रेस पंक्तिलाई निर्देशन

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा आएको भीषण बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

    images

    सभापति थापाले एक विज्ञप्ति जारी गर्दै भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित रहन अपिल गरेका हुन्।

    images

    विपद्को यस घडीमा तत्काल उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारसँग माग गर्दै सभापति थापाले राज्यका सम्पूर्ण संयन्त्रहरू युद्धस्तरमा परिचालन गर्न आग्रह गरेका छन्।

    विपद् व्यवस्थापन, उद्धार तथा राहतका कार्यहरूमा तीनवटै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिँदै उनले सरकारको यस अभियानमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

    यसैगरी, सभापति थापाले नेपाली कांग्रेसका सम्पूर्ण मातहत समितिहरूलाई तत्काल कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।

    विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित हुन सक्ने रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाका पार्टी नेतृत्व तथा सम्पूर्ण सदस्यहरूलाई नदी तटीय क्षेत्रका जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा सार्न, उद्धार गर्न र राहत वितरणमा तुरुन्त जुट्न उनले विशेष अपिल गरेका छन्।

    बाढीका कारण स्थानीय जनजीवन प्रभावित हुनुका साथै थप क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नागरिकको जीउधनको सुरक्षाका लागि पार्टीका कार्यकर्ता, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गर्दै उद्धारमा सक्रिय हुन कांग्रेसले आफ्ना नेता-कार्यकर्तालाई परिचालित हुन भनेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend