मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक : प्रभावितको उद्धार र खोजमा टोली परिचालन

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक : प्रभावितको उद्धार र खोजमा टोली परिचालन

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। रसुवामा चीनतर्फबाट आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी गराएका छन्।

    images

    प्रधानमन्त्री शाहले बढीपछिको अवस्थामा तत्काल आकस्मिक बैठक समेत डाकेका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत बाढीबारे सरकारको तयारी पनि उल्लेख गरेका छन्।

    images

    `उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ अन्य जिल्लाहरू बाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ खटिएको छ।´ प्रधानमन्त्री शाहले भनेका छन्।

    उनले बाढीको अवस्थापछि विपद् व्यवस्थापन प्राधिकरण पनि सक्रिय भइसकेको बताएका छन्।

    यसैगरीत मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्ने काम शुरु भएको प्रधानमन्त्रीले जानकारी गराएका छन्।

    यस्तै अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया अघि बढिसकेको प्रधानमन्त्रीको भनाइ छ।

    यसैगरी तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिईएको, एसएमएस तथा फोनमार्फत जानकारी गराउने सुरक्षित स्थानमा जान अलर्ट गरिएको उनको भनाइ छ।

    सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई प्रभावित क्षेत्र तर्फ पठाइएको प्रधानमन्त्री शाहले भनेका छन्।

    यस्तै निजी कम्पनीहरूलाई पनि हेलिकप्टरहरु तयारी अवस्थामा राख्न भनिएको छ भने केही हेलिकप्टर प्रभावित क्षेत्र तर्फ पठाइएको छ।

    प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न र आफन्तहरूसँग सम्पर्क नभएमा रेस्क्यु अपडेट कुर्न, १२३४ / १००/ ११११  नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहत बारे बुझ्न आग्रह गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend