मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राहदानी सेवा विभागबाट सुचारु, जिल्ला र विदेशबाट अझै ठप्प

राहदानी सेवा विभागबाट सुचारु, जिल्ला र विदेशबाट अझै ठप्प

images
२०८१ मंसिर ११ गते, मंगलवार
२०८१ मंसिर ११ गते, मंगलवार
  • काठमाडौं। गत बुधबारदेखि वितरण ठप्प भएको राहदानी  वितरणको काम राहदानी विभागबाट शुरु भएको छ।

    images

    सोमबार साँझ विभागले सूचना जारी गर्दै सेवा पूर्ण रुपमा सुचारु भएको जानकारी दिएको हो। विभागले कम्प्युटर सफ्टवेयरमा मालवेयर भाइरस छिर्दा विभागको केन्द्रीय कार्यालयदेखि, जिल्ला तथा विदेशस्थित कुटनैतिक नियोगबाटसमेत राहदानी वितरणको काम रोकेको थियो।

    images

    तर समस्या सुधारको प्रयास गरिरहेको विभागले सोमबारदेखि सेवा सुचारु भएकाले सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।

    जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने पनि विभागले उल्लेख गरेको छ। अहिले ती स्थानमा राहदानी सेवा ठप्प छ।

    यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाई कार्य नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागको विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ,‘आ–आफ्नो जिल्ला र इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि तत् तत् निकायमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ। साथै विभागको टेलिफोन नं.९७७–१-५९७०३३०/३३१/३३२ मा सम्पर्क गरी थप जानकारी लिन सकिने छ।’

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend