मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मेडिकल टिम सहित रसुवा उड्यो सेनाको हेलिकप्टर

मेडिकल टिम सहित रसुवा उड्यो सेनाको हेलिकप्टर

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) प्रभावित क्षेत्रमा परिचालित भएको छ।

    images

    सेनाको टोली हेलिकप्टर मार्फत प्रभावित क्षेत्रतर्फ लागेको हो। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले सेनाको मेडिकल टोली एआई-१७ हेलिकप्टरमार्फत काठमाडौंबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको जानकारी दिए।

    images

    सैनिक प्रवक्ता बस्नेतका अनुसार सेनाको मेडिकल टिम प्रभावित हरुको उपचारमा खटिने छन्। सेनाको धुन्चे र त्रिशूलीबाट उद्धारको टोली पनि परिचालित भइसकेको छ।

    यसअघि सेनाका अन्य दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रका लागि खटिसकेका छन्। सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलो टोली खोज तथा उद्धारका लागि खटिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend