मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कोशी प्रदेशका १२ सय २७ जना पत्रकारको दुर्घटना बीमा हुने

कोशी प्रदेशका १२ सय २७ जना पत्रकारको दुर्घटना बीमा हुने

images
२०८३ भाद्र ९ गते, मंगलवार
२०८३ भाद्र ९ गते, मंगलवार
  • विराटनगर। कोशी प्रदेशका १४ जिल्लामा कार्यरत १२ सय २७ जना पत्रकारको दुर्घटना बीमा हुने भएको छ।

    images

    नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा मंगलबारबाट पत्रकारको दुर्घटना बीमा कार्यक्रमको शुभारम्भ गरेको हो।

    images

    यो कार्यक्रमका लागि कोशी प्रदेश सरकारले बीमित पत्रकारको प्रिमियम वापतको रकम एकमुष्ट उपलब्ध गराउने छ।

    कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार पत्रकारको हकहित र संरक्षणका लागि फराकिलो भएर अघि बढ्ने बतकोशी प्रदेश सरकारले बीमित पत्रकारको प्रिमियम वापतको रकम एकमुष्ट उपलब्ध गराउने छ ।लागी

    नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ जिल्लाका १२ सय २७ जना पत्रकारका लागि १८ लाख ५० हजार रुपिँया रकम उपलब्ध गराउने जानकारी दिए। उनका अनुसार महासंघले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग ती पत्रकारहरुको दुर्घटना बीमा गर्नेछ।

    कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले पत्रकारको सुरक्षा, जोखिम व्यवस्थापनका लागि बीमाको आवश्यकता रहेको बताए।

    उनले चालु आर्थिक वर्षका लागि सरकारले उपलब्ध गराएको रकमलाई आगामी आर्थिक वर्षका लागि समेत सुनिश्चित गरिने दावी गरे।

    कार्यक्रममा पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारहरूको सुरक्षा, जोखिम व्यवस्थापन तथा बीमाको आवश्यकताबारे चर्चा भएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend