मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

केन्द्रीय रक्तसञ्चार सेवा अब प्रदर्शनीमार्गबाटै

केन्द्रीय रक्तसञ्चार सेवा अब प्रदर्शनीमार्गबाटै

images
२०८१ मंसिर १० गते, सोमवार
२०८१ मंसिर १० गते, सोमवार
  • काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले प्रदर्शनीमार्गस्थित नवनिर्मित भवनबाट केन्द्रीय रक्तसञ्चार सेवा सुरु गरेको छ।

    images

    रेडक्रसले सोमबारदेखि रक्तसञ्चार सेवासम्बन्धी सम्पूर्ण सेवा प्रदर्शनीमार्गस्थित नवनिर्मित भवनबाट सुरु गरेको हो।

    images

    २०७२ साल बैशाख १२ को विनाशकारी भूकम्पले केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुर्याएपछि विभिन्न ठाउँबाट दिँदै आएको रक्तसञ्चारसम्बन्धी सम्पूर्ण सेवा सोमबारदेखि पुनः प्रदर्शनीमार्गस्थित भवनबाट सुरु गरिएको रेडक्रसले जनाएको छ।

    सोमबारदेखि नै नवनिर्मित भवनबाट सेवा प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए।

    यसअघि भूकम्पले क्षति पुर्‍याएको भवन भत्काएर त्यहाँ दिइँदै आएको सेवा ललितपुरको बालकुमारीस्थित ब्रिटिश रेडक्रसको सहयोगमा निर्मित आकस्मिक रक्तसञ्चार सेवाबाट उपलब्ध गराइएको थियो।

    तर सेवाग्राहीले सो स्थान सेवा लिन अपायक र असहज भएको गुनासो गरेपछि पुन: सोल्टीमोडस्थित केन्द्रीय कार्यालय परिसरमा अस्थायी संरचना बनाइ रक्तसञ्चारसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराएको थियो। अब भने सो सेवा प्रदर्शनीमार्गबाट नै पाइने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend