मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एचआइभीका ८३ जना नयाँ संक्रमित भेटिए

एचआइभीका ८३ जना नयाँ संक्रमित भेटिए

images
२०८३ भाद्र ८ गते, सोमवार
२०८३ भाद्र ८ गते, सोमवार
  • बाँके। भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ संक्रमित फेला परेका छन्।

    images

    आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ जना नयाँ एचआइभी संक्रमित पुष्टि भएको हो । सो आर्थिक वर्षमा सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो।

    images

    अस्पतालका एचआइभी ‘फोकलपर्सन’ डा.सङ्केतकुमार रिसालका अनुसार सङ्क्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको छ।

    अस्पतालले एचआइभी सङ्क्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend