मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिँदै

images
२०८३ भाद्र ८ गते, सोमवार
२०८३ भाद्र ८ गते, सोमवार
  • काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। उनले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ।

    images

    मुख्यमन्त्री नियुक्त हुँदा उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दावी पेश गरेका थिए। भदौ ३ गते मुख्यमन्त्रीमा दावी पेश गरेका उनलाई भदौ ४ गते प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए। 

    images

    संविधानको धारा १८८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही ब्यवस्था बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्।

    आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि सदनमा छलफल हुनुका साथै मत विभाजनसमेत हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

    मुख्यमन्त्री नियुक्त हुँदा थापालाई नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी कुल ६३ सांसदको समर्थन रहेको थियो। तर विश्वासको मत लिने दिनसम्म आइपुग्दा सत्ता समीकरण निकै चुनौतीपूर्ण बनेको छ। 

    राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन, विपक्षमा मतदान गर्न, तटस्थ बस्न वा अनुपस्थित रहन आफ्ना सांसदहरूलाई ‘ह्विप’ जारी गरेको छ। हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend