मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हेटौँडा कपडा उद्योग अवलोकन गर्न पुगिन उद्योगमन्त्री, ४८८ वटै मेसिनहरू क्रमशः सञ्चालनमा ल्याइने दावी

हेटौँडा कपडा उद्योग अवलोकन गर्न पुगिन उद्योगमन्त्री, ४८८ वटै मेसिनहरू क्रमशः सञ्चालनमा ल्याइने दावी

images
२०८३ भाद्र ६ गते, शनिवार
२०८३ भाद्र ६ गते, शनिवार
  • हेटौँडा। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुने बताएकी छन्।

    images

    शनिबार उद्योगको स्थलगत अवलोकनका क्रममा हेटौंडा पुगेकी मन्त्री यादवले उद्योगबाट भइरहेको उत्पादनको अवलोकन गरिन। अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुने सम्भावना बढेको बताइन्।

    images

    मन्त्री यादवले उद्योगका २० वटा मेसिन (लुम) हरू सफलतापूर्वक सञ्चालनमा आइसकेको र अन्य लुमहरु मर्मतको चरणमा रहेको बताइन्। संचालनको प्रयास सफल हुँदै गएकाले उद्योगमा रहेका कुल ४८८ वटै मेसिनहरू क्रमशः सञ्चालनमा ल्याइने उनले बताएकी हुन्।

    विगतमा ठुलो बजेट खर्च भएर पनि उद्योग चल्न नसकेको र वर्तमान अवस्थामा भएको प्रयासमा मितव्ययिता अपनाइएको उनको दावी थियो।

    नेपाली सेनाले यसको व्यवस्थापन र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको उनले बताइन्। ‘विगतमा ९ करोड रुपैयाँ खर्च हुँदा पनि प्रशासनिक काममै सकियो, तर अहिले ३३ लाख रुपैयाँको लगानीमा २० वटा मेसिन तयार भएर संचालनमा छ।’ मन्त्री यादवले भनिन्।

    मन्त्री यादवले उद्योगका लागि आवश्यक कच्चा पदार्थ (कपास) नेपालकै विभिन्न स्थानबाट सङ्कलन गरिने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने बताइन्। सरकारको यो कदमले स्वदेशी उत्पादन र रोजगारी वृद्धिमा टेवा पुग्ने भन्दै जनताको साथको पनि आवश्यकता रहेको उनको भनाइ छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend