मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सीटीईभीटीमा तालाबन्दी निषेध

सीटीईभीटीमा तालाबन्दी निषेध

images
२०८१ मंसिर १० गते, सोमवार
२०८१ मंसिर १० गते, सोमवार
  • काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई तालाबन्दी निषेधित क्षेत्र घोषणा गरिएको छ।

    images

    सोमबार दिउसो सीटीईभीटीको उपाध्यक्षको पदभार ग्रहण गर्दै ओमप्रसाद बरालले सीटीईभीटीलाई तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका हुन।

    images

    सीटीईभीटीको श्रीवृद्धिमा सबै मिलेर लागौं, युवाहरुमा प्राविधिक शिक्षाको पहुँच पुर्याउन सातै प्रदेशमा प्राविधिक शिक्षाको अवेयरनेश पुर्याउँ, यहाँ कुनै समस्या भएर वार्ता र संवादबाट टुंगो लगाउँ, तर तालाबन्दी गर्ने वातावरण नबनाउँ, आजैदेखि सीटीईभीटीलाई तालाबन्दी निषेधित क्षेत्र घोषणा भयो,´ उनले भने।

    उपाध्यक्ष बरालले आफुले सुशासनलाई मूल मन्त्र मानेर काम गर्ने बताउँदै त्यसका लागि सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी सामुदायिक रुपमा अघि बढ्नेसमेत प्रतिबद्धता जनाए।

    यस्तै बरालले सीटीईभीटीमा कर्मचारी, प्रशिक्षार्थी, आंगिक सम्बन्धन प्राप्त शिक्षालयका समस्याहरूलाई प्राथमिकताका आधारमा अघि बढाइ नीतिगत र आर्थिक प्रशासनिक समस्याहरू छुत्याएर समाधान गर्न लागि पर्ने प्रतिबद्धता पनि जनाए।

    सरोकारवाला पक्षसँग बसेर सीटीईभीटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरू खोजी त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend