मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१५ औ हर्टिकल्चर सम्मेलन काठमाडौमा, विदेशी बिउको आयात नियन्त्रण बारे छलफल

१५ औ हर्टिकल्चर सम्मेलन काठमाडौमा, विदेशी बिउको आयात नियन्त्रण बारे छलफल

images
२०८१ मंसिर १० गते, सोमवार
२०८१ मंसिर १० गते, सोमवार
  • काठमाडौं। १५ औ राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु भएको छ।

    images

    नेपाल हर्टीकल्चर सोसाइटी र रास्ट्रीय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको उद्घघाटन गर्दै  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरि वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरुको भुमिका महत्वपूर्ण हुने बताए।

    images

    सबै कृषिजन्य बालीहरुको उत्पादनको आधारभुत स्रोत बिउनै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए।

    आलु तथा मसालाबाली क्षेत्रको विकासको लागी सरकारी तथा गैरसरकारी निकायहरुका साथै निजी क्षेत्रको भुमिका पनि उत्तिकै महत्वपुर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गरे।

    नेपालका  रैथाने बीउ बिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउ विजन नियमावली संसोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिए।

    पछिल्लो समय सरकारी स्तरका बीउ उत्पादन गर्ने फार्महरुको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी  बिउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनितिक हिसाबले अगाडि बढेको पनि उल्लेख गरे।

    दुई दिन सम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरु, बिज्ञ, तरकारी बिउ उत्पादकहरु र कृषकहरुको सहभागीता रहेको छ।

    सम्मेलनमा आलु, मसलावाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मुल्य श्रृङ्खला, जलबायु परिवर्तन, जैविक विविधता, बीउ सम्बन्धी कानुनहरुका बारेमा छलफल हुने बताईएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend