काठमाडौँ। चिकित्सा शिक्षा आयोगको रिक्त रहेको निर्देशक पदमा तीन जना चिकित्सक नियुक्त भएका छन्।
आयोगको निर्देशकमा डा. सन्ध्या चापागाईं, डा सँगरत्न बज्राचार्य र डा दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन्। उनीहरू तीनै जनाले पद तथा गोपनियताको सपथ लिएका छन्।
डा. चापागाईं क्यान्सर रोग विशेषज्ञ हुन्। उनलाई आयोगमा परीक्षा निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ।
यसैगरी फार्माकोलोजीका विज्ञ डा. बज्राचार्य नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशकक जिम्मेवारी पाएका छन्।
यस्तै, अर्का निर्देशक नियुक्त डा. श्रेष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ हुन्। उनलाई आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयको जिम्मेवारी दिइएको छ।



