मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

images
२०८३ भाद्र २ गते, मंगलवार
२०८३ भाद्र २ गते, मंगलवार
  • काठमाडौं। काठमाडौँ को थापाथलीमा रहेको नर्भिक अस्पतालमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने चिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट निकालिएको छ।

    images

    नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सक टोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राका बीच भाग पाइलोरस (पेटको तल्लो भाग)मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो।

    images

    उपचारमा डा अग्रवालसँगै एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठ र डा आरोग्य कँडेल तथा सिनियर इन्डोस्कोपिक टेक्निसियन ईश्वर गौतम लगायत ओटी प्राविधिक तथा नर्सहरु संलग्न थिए।

    ‘तीन महिनाका बालकको इन्डोस्कोपि गर्नु नै जटिल विधि हो,’ डा अग्रवालले भने, ‘हामीले ब्रोङ्कोस्कोप मार्फत पिनलाई पेटको माथिल्लो भागमा ल्यायौ र थेराप्युटिक इन्डोस्कोपीमार्फत हेअरपिन निकाल्न सफल भयौ।’

    बालकका आफन्तले साउन ३१ गते आइतबार नर्भिकमा उपचारका लागि ल्याएका थिए। चिकित्सकको टोलीले सोही दिन करिब एक घण्टा १५ मिनेट लगाएर बालकको पेटमा अड्किएको पिन निकाल्न सफल भएको बताएका छन्। पिन निकालेपछि बालकलाई करिब तीन घण्टा अब्जरभेसनमा राखेर डिस्चार्ज गरिएको थियो।

    बालकका ठूलोबुबाका अनुसार बालककी तीन वर्षकी दिदीको मुखमा पनि हेयरपिन भेटिएपछि आमाले बालकले पनि पिन खाएको थाहा पाएकी थिइन्।

    बालकले हेयरपिन खाएको पाँचदिन सम्म पिन आफै दिसामार्फत निस्किन्छ भनेर उनीहरुले चिकित्सकसँग परामर्श मात्रै लिएका थिए। तर पाँचदिन सम्म पनि पिन दिसामा नदेखिएपछि बालकका आमाबुबा स्थानिय अस्पताल पुगेका थिए।

    स्थानिय अस्पतालले काठमाडौं रेफर गरेपछि उनीहरु रौतहटबाट प्लेनमार्फत काठमाडौंको एक अस्पतालमा आइपुगे। र जाँच गर्दा बच्चाको पेटको पिन अड्किएर बसेको देखिएको थियो।

    उक्त अस्पतालले उपचारका लागि  भारत जानुपर्ने र नेपालमा उपचार नहुने भनेपछि उनीहरुले प्लेन टिकट समेत काटिसकेका थिए। तर आफन्तमार्फत नर्भिकमा उपचार हुने थाहा पाएपछि उनीहरु नर्भिक आए र डाक्टर अग्रवालसँग सम्पर्क गरेका थिए।

    ‘हामीकहाँ उपचारका लागि आउँदा बालकका आमाबुबा निकै आत्तिनुभएको थियो। अर्को अस्पतालबाट उपचारका लागि भारत जान सिफारिस भएको रहेछ।’ डा अग्रवालले भने, ‘यस्तो केसमा तीन महिनाका बालकको उपचार प्रक्रिया जटिल हुन्छ, त्यसैले भारत जान भनिएको होला, तर नर्भिकमा उच्चप्रविधि र चिकित्सकको ठूलो टोली छ, हामीले नर्भिकमै बालकको उपचार सफलतापूर्वक गर्यौँ।’

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend