मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबी लामिछाने थप १५ दिन हिरासतमै, यी कारणले थपियो म्याद

रबी लामिछाने थप १५ दिन हिरासतमै, यी कारणले थपियो म्याद

images
२०८१ मंसिर ९ गते, आइतवार
२०८१ मंसिर ९ गते, आइतवार
  • कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेको हिरासत म्याद फेरि लम्बिएको छ।

    images

    लामिछानेलाई आइतबार जिल्ला अदालत कास्की उपस्थित गराइएकोमा जिल्ला अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको हो।

    images

    कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

    यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। उनीमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

    लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि आइतबार थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

    अदालतले कास्की प्रहरीको मागअनुसार पक्राउ परेका केही प्रतिवादीहरूको हकमा बयान कार्य बाँकी रहेको, बयान गरेका प्रतिवादीको हकमा थप प्रमाण खुली आएको तथ्यमा पूरक बयान बाँकी रहेको, हस्ताक्षर परीक्षण गर्न पठाएकोमा प्रतिवेदन प्राप्त हुन बाँकी रहेको र प्रतिवादीहरूको कारोबार रहेको घरजग्गा खरिद बिक्रीको लिखत प्रमाण प्राप्त हुन बाँकी रहेकाले म्याद थपिएको जनाएको छ।

    लामिछाने र जोशीविरुद्ध चितवनको सहरा बचतको रकम अपचलन आरोपमा चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend