मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्कारपियो दुर्घटना : जनकपुर उच्च अदालत, वीरगन्जका मुख्य न्यायाधीश डाँगी र रजिष्टार तारादत्त बडुसहित ६ जना घाइते

स्कारपियो दुर्घटना : जनकपुर उच्च अदालत, वीरगन्जका मुख्य न्यायाधीश डाँगी र रजिष्टार तारादत्त बडुसहित ६ जना घाइते

images
२०८३ भाद्र २ गते, मंगलवार
२०८३ भाद्र २ गते, मंगलवार
  • मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा जनकपुर उच्च अदालत, वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिष्टार तारादत्त बडुसहित ६ जना घाइते भएका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

    images

    घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भिमफेदीस्थित अस्पताल पठाइएको छ। घाइते मुख्य न्यायाधीश डाँगीको भने टाउको र शरिरको विभिन्न भागमा चोट छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी उच्च अदालतका रजिष्टार तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, छोरी रिता बडु र चालक छुनिलाल चौधरी घाइते भएका छन्। 

    घाइतेमध्ये रजिष्टार बडुकी श्रीमती लक्ष्मीको अवस्था गम्भीर भएको र उनको टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ। अन्यको अवस्था भने मध्यम छ।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend