मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ महानगरका ३६ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदमा दरखास्त आह्वान

काठमाडौँ महानगरका ३६ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदमा दरखास्त आह्वान

images
२०८३ भाद्र २ गते, मंगलवार
२०८३ भाद्र २ गते, मंगलवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगर अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयहरूमा रिक्त रहेका तथा पदावधि सकिन लागेका विद्यालयहरुमा प्रधानाध्यापक पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

    images

    महानगरपालिकाले एक महिनाभन्दा कम अवधि बाँकी रहेका विद्यालयकासहित गरि ३६ वटा विद्यालयमा प्रधानाध्यापक पदमा पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो। सूचनामा तोकिएको योग्यता पुगेका इच्छुक स्थायी शिक्षकहरूबाट दरखास्त आह्वान गरिएको भनिएको छ।

    images

    `शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम (२) तथा यस महानगरपालिकाको निर्णयानुसार योग्य उम्मेदवारहरूले मिति २०८३ भदौ १६ गतेभित्र आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा रीतपूर्वकको दरखास्त पेस गर्नुहुन सूचित गरिन्छ।´ सूचनामा उल्लेख छ।

    विज्ञापन गरिएका विद्यालयहरूको नामावली, उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया तथा अन्य विस्तृत विवरण र दरखास्त फारामको ढाँचा काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट वा महानगरपालिकाको शिक्षा विभागबाट प्राप्त गर्न सकिने महानगरपालिकाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend