मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भदौ १० गते सांसदको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

भदौ १० गते सांसदको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

images
२०८३ भाद्र १ गते, सोमवार
२०८३ भाद्र १ गते, सोमवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गते संसदमा सांसदहरूले उठाएका प्रश्नहरुको सम्बोधन गर्ने भएका छन्।

    images

    प्रतिनिधिसभामा भदौ १० गते प्रधानमन्त्री शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय भएको हो।

    images

    सोमबारको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको  कार्यक्रम तय गरिएको जानकारी दिएका हुन्।

    सभामुख अर्यालका अनुसार एक सांसदले एक वटामात्र प्रश्न सोध्न पाउने र लिखित रुपमा प्रस्तुत गर्ने प्रश्न भदौ ५ गते १ बजेभित्र दर्ता गर्नुपर्नेछ।

    प्रधानमन्त्रीलाई बढीमा १५ वटा प्रश्नमात्र सोध्न पाइने सभामुख अर्यालले बैठकलाई जानकारी गराए।सभामुखले प्रश्नकर्ता सांसदलाई निरर्थक र लामो प्रश्न दर्ता नगराउन पनि आग्रह गरे।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend