मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

images
२०८३ भाद्र १ गते, सोमवार
२०८३ भाद्र १ गते, सोमवार
  • काठमाडाैँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार र एक लाख रुपैयाँ विजेता दुई जनालाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्।

    images

    सोमबार मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रममा उनले विजेताहरूलाई पुरस्कार रकम प्रदान गरेका हुन्।

    images

    साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए। २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो।

    उनलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सो क्रममा अर्थमन्त्री डा. वाग्लेले विजेता जोशीलाई सरकारको करदाता प्रोत्साहन पुरस्कारको दूत बन्न आग्रह गरे। साथै, उनले पुरस्कारको रकम राम्रो काममा लगानी गर्न आग्रह गरे।

    “हेमराजजी, बधाई छ। तपाईँ पहिलो बम्पर उपहार विजेता हुनुहुन्छ। तपाईँ सरकारको यो कार्यक्रमको दूत बन्नुहोस्, सरकारले अघि बढाएको ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने कुरा समाजमा फैलाउनुहोस्,” अर्थमन्त्री डा. वाग्लेले भने।

    यस्तै, एक लाख ३३ हजार रुपैयाँ विजेता गैँडाकोट, नवलपरासीका हिमाल अर्याललाई पनि अर्थमन्त्री डा. वाग्लेद्वारा पुरस्कार हस्तान्तरण गरियो।

    उनले साथीहरूसँग आइसक्रिम खाँदा तिरेको कारोबारमा एक लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जितेका थिए। पुरस्कार रकमबाट २५ प्रतिशत करकट्टी भएपछि उनले एक लाख रुपैयाँ नगद उपहार पाए।

    पहिलो १५ दिनको अन्य विजेताहरुलाई यसै साता आन्तरिक राजश्व कार्यालयबाट नगद पुरस्कार प्रदान गरिने विभागले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend