सप्तरी। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गरेकी छिन्।
निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपचार व्यवस्थापनबारे जानकारी लिइन्।
सो क्रममा मन्त्री मेहताले अस्पतालको इमर्जेन्सी वार्ड र एक्स–रे मेसिनलाई तत्काल नयाँ भवनमा सार्न निर्देशन पनि दिइन्।
बिरामीलाई सहज, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक व्यवस्थापन तत्काल मिलाउन उनले अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन्।
निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको सेवा सुधार तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन।



