मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बैतडीमा बिरामी परेका मन्त्री लम्साललाई सेनाको स्काइट्रकमा काठमाडौँ ल्याइयो, सैनिक अस्पतालमा उपचार हुँदै

बैतडीमा बिरामी परेका मन्त्री लम्साललाई सेनाको स्काइट्रकमा काठमाडौँ ल्याइयो, सैनिक अस्पतालमा उपचार हुँदै

images
२०८३ श्रावण ३१ गते, आइतवार
२०८३ श्रावण ३१ गते, आइतवार
  • काठमाडौँ। बैतडीमा बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालललाई धनगढी हुँदै काठमाडाैँ ल्याइएकाे छ।

    images

    लम्साललाई लिन आइतबार नेपाली सेनाको हेलिकप्टर सुर्खेत बेसबाट बैतडी गएको थियो। बैतडीबाट उनलाई हेलिकप्टरबाट धनगढी पुर्याइएको थियो भने साँझ नै सेनाको स्काईट्रकबाट काठमाडौँ ल्याइएको हो।

    images

    मन्त्री लम्सालको अहिले छाउनीस्थित बिरेन्द्र सैनिक अस्पतालमा उपचार सुरु भइसकेको छ।

    सरकारको लगानीमा निर्माणाधीन आयोजनाको निरीक्षणका लागि उनी सुदुरपश्चिम पुगेका थिए। सो क्रममा उनी शनिबार दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका थिए। बैतडी पुगेपछि मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको सङ्क्रमण देखिएको जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले जानकारी दिए। उनले शनिबार बिहानै मन्त्री लम्साल बसेको होटलमा पुगेर मन्त्री लम्सालको स्वास्थ्य जाँच गरेका थिए।

    उपाध्यायका अनुसार मन्त्री लम्साललाई निद्रा अपुग भएर मुटुको धड्कन बढेको देखिएको थियो भने ज्वरोसमेत थियो। 

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend