मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य बीमाको प्याकेज व्यापक रुपमा रिभ्यु गर्दैछौं : स्वास्थ्य मन्त्री

स्वास्थ्य बीमाको प्याकेज व्यापक रुपमा रिभ्यु गर्दैछौं : स्वास्थ्य मन्त्री

images
२०८३ श्रावण ३० गते, शनिवार
२०८३ श्रावण ३० गते, शनिवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमाको प्याकेज व्यापक रुपमा रिभ्यु गर्ने काम भइरहेको बताएकी छिन्।

    images

    शनिबार लहान पुगेकी स्वास्थ्य मन्त्री मेहताले स्वास्थ्य बीमाको प्याकेजमा कायम गरिएका मूल्य अवैज्ञानिक रहेको पाइएकाले व्यापक रुपमा रिभ्यु गर्ने काम भइरहेको बताइन्।

    images

    `तपाइँहरूले सुन्नु भएकै छ साधारण कुरा बीमामा नगर्दा २५ सय पर्ने थियो भने त्यही कुरा बीमामा ५ हजार पर्ने थियो, बीमाको प्याकेजमा कायम गरिएका मूल्य अवैज्ञानिक थियो, त्यही भएर हामी बीमाका प्याकेजहरु  व्यापक रुपमा रिभ्यु गर्दै छौं, अलिकति टाइम लाग्छ, बीमामा हामी काम गर्दैछौं।´ मन्त्री मेहताले भनिन्।

    बीमा सेवा निजी अस्पतालमा बन्द गरिएको बारेको संचारकर्मीको जिज्ञासामा मन्त्री मेहताले सरकारी अस्पतालमा बीमा सेवा बन्द नगरिएको पनि स्पष्ट पारिन्। उनले सरकारी अस्पतालमा ९३ प्रतिशत बिरामी भर पर्ने गरेको एक अध्ययनले देखाएको र निजी अस्पतालमा बाँकी ७ प्रतिशत मात्र भर पर्ने गरेको घुमाउरो जवाफ दिइन्।

    मन्त्री मेहताले बीमा सेवा प्रदान गरेका सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पतालहरुका लामो समय देखिको १८ अर्ब रुपैयाँ बक्यौता भुक्तानी हुन बाँकी रहेकोमा सरकारले २०८२ फागुनसम्मको बीमा सेवा वापतको रकम फरफाक गरिसकेको पनि बताइन्।

    अब २०८२ चैत देखि २०८३ जेठ सम्मको बीमा सेवा वापतको रकम फरफाक गर्न बाँकी रहेको उनको भनाइ थियो। सो रकम भुक्तानी भएपछि निजी अस्पताललाई बीमा वापतको रकम तिर्न बाँकी नरहने मन्त्री मेहताको भनाइ छ। सरकारले निजी अस्पतालमा जेठ १५ गतेदेखि नै बीमा सेवा बन्द गरेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend