मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री कार्यालयले गर्यो १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरुसँग छलफल

प्रधानमन्त्री कार्यालयले गर्यो १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरुसँग छलफल

images
२०८३ श्रावण ३० गते, शनिवार
२०८३ श्रावण ३० गते, शनिवार
  • काठमाडौँ। देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ।

    images

    प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा शुक्रबार बैठक बसेको थियो।

    images

    बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगहरूको उपचारलाई व्यवस्थित र एकरुपता ल्याउन अहिलेसम्म जारी भएका मानक उपचार प्रोटोकल (एसटीपी)लाई स्वास्थ्य बीमासँग जोडेर कसरी प्रभावकारी ढंगले लागू गर्ने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत उपचारात्मक सेवा महाशाखाका निर्देशक डा पवनजंग रायमाझीसहित विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरु सहभागी थिए।

    उनीहरुले आ-आफ्नो क्षेत्रमा प्रयोग भइरहेको प्रोटोकल प्रयोगका सजिला—अप्ठेरा पाटा केलाउँदै सुधारका लागि समेत सुझाव दिए। साथै, फरक फरक विभाग तथा महाशाखाले बनाएका प्रोटोकलमा समन्वयको अभाव देखिएकाले सो कुरा समाधान गरिनुपर्ने पनि बताए।

    डा रायमाझीका अनुसार आवश्यकता हेरी अहिले १९ वटा प्रोटोकल बनाइएका छन्। जसमध्ये केहीमात्र स्वीकृत भएर लागू भइसकेका छन् भने कतिपय प्रक्रियामै छन्। 

    लागू भएका प्रोयोकलहरुमा पनि एकरुपता कायम गर्न समयानुकूल परिमार्जनको आवश्यकता रहेको छलफलमा औंल्याइएको छ। यस्तै, बिरामी परीक्षणकै क्रममा पनि डाक्टरले यसो गरे कसो होला भन्दै सीटी स्क्यान, एमआरआई लगायतका लागि अनावश्यक प्रिस्क्रिप्सन गरिदिने र त्यसले आर्थिक भार बीमा कार्यक्रममा थपिने भएकाले आवश्यकताको आधारमा मात्र परीक्षण गर्ने गरी निश्चित प्रोटोकल बनाउन आवश्यक रहेको र त्यसका लागि पनि छलफल प्रभावकारी हुने उनको भनाइ छ।

    प्रोटोकलको परिमार्जनसहित प्रभावकारी प्रयोगले अनावश्यक परीक्षण र महँगा औषधिहरू कटौती हुने भएकाले बिरामीको उपचार खर्च घट्ने र सरकारी कोषको दुरुपयोग रोकिनुका साथै सरकारी स्वास्थ्य बीमा कार्यक्रमलाई समेत व्यवस्थित बनाउन सहजता पुग्ने विश्वास गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend