मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबी लामिछानेको हिरासत म्याद फेरि थपिदैं, रास्वपाले प्रदर्शन नगर्ने

रबी लामिछानेको हिरासत म्याद फेरि थपिदैं, रास्वपाले प्रदर्शन नगर्ने

images
२०८१ मंसिर ९ गते, आइतवार
२०८१ मंसिर ९ गते, आइतवार
  • काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेलाई कास्की प्रहरीले फेरि म्याद थपका लागि अदालत पुर्याएको छ।

    images

    गत कार्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै हिरासतमा राख्ने म्याद थप गराउन आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो।

    images

    उनलाई हिरासतमा राख्न पछिल्लोपटक कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको कास्की प्रहरीले बताएको छ।

    लामिछानेलाई प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि भन्दै २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो। त्यसयता उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

    पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया लगेर अपचलन गरेको आरोप लामिछाने माथि छ। सो सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको थियो।

    लामिछानेमाथि सूर्यदर्शन बाहेक बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीको रकम अपचलनका विषयमा पनि अनुसन्धान हुँदैछ।

    यस्तै आफ्ना सभापति पक्राउको विरोधमा प्रदर्शन गर्दै आएको रास्वपाले सडक प्रदर्शन भने नगर्ने बताएको छ। स्थानीय तहको उपनिर्वाचनमा समेत सहभागी हुने भएको कारण देखाउदै रास्वपाले सडक आन्दोलनलाई तत्कालका लागि रोकेको छ।

    रास्वपाको गत केन्द्रीय समिति बैठकमा आन्दोलनबारे छलफल भए पनि निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले निर्वाचन हुने स्थानमा मात्र प्रदर्शन गर्ने भएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend