काठमाडौँ। देशको सबभन्दा जेठो र पुरानो अस्पताल वीर अस्पतालले नयाँ नेतृत्व पाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बिहीबार वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाललाई नियुक्त गरेकी हुन्।
गत वर्षको भदौमा भएको जेन-जी आन्दोलनपछि बनेको परिस्थितिमा वीर अस्पतालका तत्कालीन निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका थिए। त्यसपछि वीर निमित्त निर्देशकको भरमा चलेको थियो।
वीरको निर्देशक नियुक्त डा. नेपाल ११औँ तहका ग्यास्ट्रो सर्जन हुन्। त्यसै गरी अस्पतालको सहायक निर्देशकमा डा.अपार लामिछाने र डा.अनिता विसी नियुक्त भएका छन्।



