मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट

पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट

images
२०८३ श्रावण २८ गते, बिहिवार
२०८३ श्रावण २८ गते, बिहिवार
  • काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ। 

    images

    उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन्। बिनाआधार पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश (थुनामुक्त) जारी गर्न रिटमा माग गरिएको छ। 

    images

    बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि भोलि शुक्रबारका लागि पेसी तोकिएको छ। व्यक्तिगत गोपनीयता सम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो। उनलाई प्रहरीले आज अदालतमा उपस्थित गराएर थप तीन दिन हिरासतमा राख्न अनुमति लिएको छ।

    श्रेष्ठ पक्राउको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ। समाचारको विषय प्रेस काउन्सिलले निरुपण गर्नु पर्नेमा स्वतन्त्र प्रेसको बर्खिलापमा हुनेगरी प्रहरी लगाएर संचार जगतलाई तर्साउन खोजिएको भन्दै सर्वत्र सरकारको कदमको विरोध भइरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend