मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विराटनगरका ७ आँखा अस्पतालमा स्थानीय प्रशासनको ताला

विराटनगरका ७ आँखा अस्पतालमा स्थानीय प्रशासनको ताला

images
२०८३ श्रावण २८ गते, बिहिवार
२०८३ श्रावण २८ गते, बिहिवार
  • मोरङ। विराटनगरमा भारतीय बिरामीलाई लक्षित गर्दै दक्षिणी क्षेत्रमा संचालित सात वटा आँखा अस्पताल तथा ल्याबमा स्थानीय प्रशासनले ताला लगाएको छ।

    images

    न्युनतम मापदण्डसम्म पूरा नगरी बिरामीको स्वास्थ्यमा खेलवाड गर्दै संचालन गरिएका ती आँखा अस्पताल तथा ल्याबमा स्थानीय प्रशासनले ताला लगाएको हो।

    images

    ती अस्पतालले सरकारले तोकेको न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्राविधिक मापदण्डसमेत पूरा नगरेको पाइएको छ।

    मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा बुधबार र बिहीबार ती अस्पतालहरुमा अनुगमन गरिएको थियो।

    अनुगमनपछि विराटनगर महानगरपालिका–१४ मा रहेको विराट आँखा अस्पताल, विराटनगर–१५ मा रहको  इफराह आँखा अस्पताल, विराटनगर–१० मा रहेको सञ्जीवनी आई केयर, विराटनगर–१३ मा रहेको हिमाल आँखा अस्पताल, विराटनगर–९ मा रहेको विराट रानी आँखा अस्पताल, विराटनगर–१५ मा रहेको अखण्ड ज्योती आँखा अस्पताल र विराटनगर–१३ मा रहेको  नेपाल आँखा अस्पतालमा ताला लगाइएको हो।

    अनुगमनमा खटिएका अधिकारीहरुका अनुसार अनुगमनका क्रममा ६ वटा अस्पतालमा पूर्ण रूपमा तथा एक अस्पतालको ल्याबमा गम्भीर त्रुटि भेटिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend