मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब दिन सक्दैनौं : निजी मेडिकल संचालक

चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब दिन सक्दैनौं : निजी मेडिकल संचालक

images
२०८१ मंसिर ९ गते, आइतवार
२०८१ मंसिर ९ गते, आइतवार
  • काठमाडौं। तलब भत्ता उपलब्ध गराउन निजी मेडिकल कलेजका सञ्चालकहरूले स्नातकोत्तर तहमा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने जनाएका छन्।

    images

    शनिबार पत्रकारहरुसँगको भेटघाटमा उनीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताएका हुन्। 

    images

    चिकित्सा शिक्षा आयोगले भने विद्यार्थीलाई अधिकृत सरहको सेवा सुविधा उपलब्ध गराउनका लागि निजी मेडिकल कलेजले स्नातकोत्तर तह पढाउनका लागि भर्नुपर्ने स्वमूल्याङ्कन फारम भर्नुपर्ने बताएको छ।

    एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले स्नातकोत्तर तहका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताए।

    उनले स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई कलेजमा काम गराएबापत केही सुविधा भने दिने बताए। `विद्यार्थी पढाइसँगै केही सिक्न पनि आएका हुन। त्यसैले सरकारी तलब सरह हामीले दिन सक्दैनौं´ उनले भने।

    आयोगले कलेजहरूलाई भर्न पठाएको स्वमूल्याङ्कन फारममा विद्यार्थीलाई मासिक रूपमा आठौँ तह, मेडिकल अधिकृतको तलब सरह भत्ता उपलब्ध गराउने प्रतिबद्धता मागेको छ। त्यो भनेको रु ४८ हजार ७ सय हो। निजी कलेजले भने मासिक रु २० देखि २५ हजारसम्म दिँदै आएको बताएका छन।

    यस्तै, एसोसिएसनका उपाध्यक्ष डा.बुद्धिमान श्रेष्ठले आफूहरूले आयोगले तोकेअनुसार मेडिकल अधिकृत सरहको तलब दिन नसक्ने बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend