मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य उपचारपछि स्वदेश फर्किए देउवा

स्वास्थ्य उपचारपछि स्वदेश फर्किए देउवा

images
२०८३ श्रावण २८ गते, बिहिवार
२०८३ श्रावण २८ गते, बिहिवार
  • काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।

    images

    गत वर्षको भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा आफ्नै निवासमा प्रदर्शनकारीको सांघातिक आक्रमणमा परेर घाइते भएका देउवा तथा उनकी पत्नी आरजु राणा नेपालमा उपचारपछि गत फागुन १३ गते थप स्वास्थ्य उपचारका लागि सिंगापुर उडेका थिए। त्यहाँबाट उनीहरू हङकङ गएका थिए।

    images

    स्वास्थ्य उपचारपछि उनीहरु आज बैंकक हुँदै थाइ एयरलायन्सबाट काठमाडौं फर्किएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा र धर्मपत्नी आरजु स्वदेश फर्किँदा उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेता कार्यकर्ताले भब्य स्वागत गरे। त्यसपछि देउवा दम्पतीलाई नेता कार्यकर्ताले विमानस्थलबाट महाराजगन्जस्थित निवाससम्म पुर्याएका थिए।

    यसअघि साउन २६ गते राति ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुग्ने तय भएको देउवाको स्वदेश फिर्तीको कार्यक्रम दुई दिन पछि सारेर साउन २८ गते दिउँसो १२ बजेर ३० मिनेटमा तय भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend