काठमाडौँ। आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा.सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष डा.ठाकुरले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। परिषद्को अध्यक्ष नियुक्त ठाकुरले शपथ ग्रहण गरेसँगै जिम्मेवारी सम्हालेका छन्।
अध्यक्षको जिम्मेवारी सम्हाल्दै डा.ठाकुरले आयुर्वेद चिकित्सा क्षेत्रको व्यवस्थित विकास, चिकित्सकीय सेवाको गुणस्तर अभिवृद्धि तथा परिषद्को नियमनकारी भूमिकालाई प्रभावकारी बनाउन काम गर्ने अपेक्षा गरिएको छ।



