मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चितवनमा पिकनिकबाट फर्कदैं गरेको स्कुल बस दुर्घटना, विद्यार्थीसहित २८ जना घाइते

चितवनमा पिकनिकबाट फर्कदैं गरेको स्कुल बस दुर्घटना, विद्यार्थीसहित २८ जना घाइते

images
२०८१ मंसिर ८ गते, शनिवार
२०८१ मंसिर ८ गते, शनिवार
  • भरतपुर। चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ।

    images

    कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

    images

    दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

    चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको महतोले बताए। उनका अनुसार ३० जना विद्यार्थीसहित ३२ जना बसमा सवार थिए।  पिकनिक गएर फर्किंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको थियो।
     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend